०५ साउन २०८३, मंगलबार

औपचारिक माध्यमबाट मात्रै रेमिटेन्स पठाउन प्रहरीको आग्रह, नपठाए कारबाही

मंसिर २०, २०८०
काठमाडौं
औपचारिक माध्यमबाट मात्रै रेमिटेन्स पठाउन प्रहरीको आग्रह, नपठाए कारबाही
फाइल फोटो

नेपाल प्रहरीले औपचारिक माध्यमबाट मात्रै रेमिटेन्स गर्न आग्रह गरेको छ ।

विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानूनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो ।

यसरी विदेशी रकम प्राप्त गरेपश्चात ती अमुक व्यक्तिले म तपाईँले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु भनी गैरकानूनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।

‘साइबर’जन्य ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हुँदा यस्ता झुटा आश्वासनमा नपरी, ठगी हुनबाट जोगिन पनि प्रहरीले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्