२१ असार २०८३, आइतबार

अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार

मंसिर २०, २०८०
काठमाडौं
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

घानाको आक्रामा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी पूरा गर्ने क्रममा रहेकोसमेत बताए । 

उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकामा समेत धन्यवाद दिए । उनले संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएकोसमेत बताए । 

नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टी÷पिसिसीलगायत सम्बन्धित प्रमुख सरोकारवालाबीच सुधारिएको समन्वय संयन्त्र धेरै महत्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्