
इंग्लिस प्रिमियर लिग फूटबलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पराजित गरेको छ ।
बुधवार राति ओल्ड ट्राफर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले चेल्सीलाई २–१ गोल अन्तरले हराएको हो ।
स्कट म्याकटोमिनेले खेलको १९ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर कोलो पाल्मरले खेलको ४५ औँ मिनेटमा गोल गरेर बराबरीको स्थितिमा ल्याए ।
यद्यपि म्याकटोमिनेले ६९ औँ मिनेटमा अर्को गोल गरेपछि युनाइटेडले जीत हात पारेको हो ।
यस जीतले युनाइटेड लिगको छैटौं स्थानमा उक्लिएको छ । पराजित चेल्सी १० औँ स्थानमा छ ।