०२ असार २०८३, मंगलबार

जीप र मोटरसाइकल आपसमा ठोक्किँदा...

कात्तिक २०, २०७४
जीप र मोटरसाइकल आपसमा  ठोक्किँदा...

पाल्पा, १३ असोज - रामपुरमा जीप र मोटरसाइकल ठोक्किँदा बिहीबार एकको मृत्यु भएको छ ।Accident

साँझ करिब ७ बजे रामपुर नगरपालिका–४ इस्लामपुर नजिकै भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रामपुर–४ बडवान बस्ने अन्दाजी २५ वर्षीय सुरज सेनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

मोटरसाइकल चालक अन्दाजी १८ वर्षीय सुनिल थापा घाइते भएकामा रामपुर अस्पतालमा उपचार भइरहेको छ । पूर्वबाट पश्चितर्फ आइरहेको ग १ ज ५०५२ नंको जिप र विपरीत दिशाबाट जाँदै गरेको ग ८ प ८९८६ नंको मोटरसाइकल तीव्र गतिका कारण ठोकिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्