०६ असार २०८३, शनिबार

चीनले बनायो गोप्य रहन सक्ने लडाकु विमान, भारत तर्सियो

कात्तिक २०, २०७४
चीनले बनायो गोप्य रहन सक्ने लडाकु विमान, भारत तर्सियो

काठमाडौं — चीनले लगातार आफ्नो सैन्य शक्तिलाई बढाउँदै गइरहेको छ । बिहीवार उसले गोप्य रूपमा राडारबाट बच्न सक्षम लडाकु विमान जे २० लाई सैन्य सेवामा समावेश गर्ने घोषणा गरेको छ ।


चीनको रक्षा मन्त्रालयका प्रवक्ता वू छियानले पत्रकार सम्मेलनमा जे २० लडाकु विमानको परीक्षण उडान योजनाबद्ध रूपमा भएको बताए ।

जे २० विमान मध्यम तथा लामो दूरीको विमान हो । विमानले सन् २०११ मा पहिलोचोटि उडान भरेको थियो र अघिल्लो वर्ष आयोजित एयरशोमा प्रदर्शित समेत भएको थियो ।

यो विमानले चीन र भारतको वायुसेना सन्तुलनमा नयाँ आयाम जोड्न सक्ने भारतीय विश्लेषकहरूले बताएका छन् । पाकिस्तानले समेत यो विमान किन्न रुचि देखाएकाले भारत तर्सिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्