२६ असार २०८३, शुक्रबार

वनमा आश्रित पचास परिवारलाई ग्यास चुलो वितरण

मंसिर २६, २०८०
काठमाडौं
वनमा आश्रित पचास परिवारलाई ग्यास चुलो वितरण

माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिमा आश्रित ५० घरधुरीलाई ग्यास चुलो वितरण गरिएको छ । माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले आज एक कार्यक्रमबीच चुलो र ग्यास हस्तान्तरण गरेकी हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा वनमा आश्रित विपन्न परिवारलाई चुलो हस्तान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। वनमा आश्रितलाई वनसँगको परनिर्भरता हटाउनका लागि ग्यास र चुलो हस्तान्तरण गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्