०३ असार २०८३, बुधबार

प्रज्ञा प्रतिष्ठानका कुलपति राई अमेरिकामा सम्मानित

मंसिर २७, २०८०
काठमाडौं
प्रज्ञा प्रतिष्ठानका कुलपति राई अमेरिकामा सम्मानित

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र प्राज्ञ बाबा बस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरिएको छ । 

मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान गरेका हुन् ।

अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना आफूलाई गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले सम्मानबाट आफूलाई नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा समर्पित हुन प्रेरणा मिलेको बताए ।

प्राज्ञ बस्नेतले प्रज्ञा प्रतिष्ठानबाट साहित्यका हरेक विधाको उन्नयनका निम्ति कार्य योजना तर्जुमा भएको बताए । ​

मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारीले नेपाली भाषा संस्कृतिको जगेर्नाको लागि सबै प्रवासी नेपालीको प्रयास हुनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्