०३ साउन २०८३, आइतबार

चुनाव हारेका र पटक–पटक अवसर पाएकालाई राष्ट्रियसभामा ल्याउन हुँदैन– धनराज गुरुङ

मंसिर २७, २०८०
काठमाडौं
चुनाव हारेका र पटक–पटक अवसर पाएकालाई राष्ट्रियसभामा ल्याउन हुँदैन– धनराज गुरुङ
फाइल तस्वीर ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पटक–पटक अवसर पाएका र प्रतिनिधिसभाको चुनाव हारेकालाई राष्ट्रियसभामा ल्याउन नहुने बताएका छन् । 

बुधवार बत्तीसपुतलीमा बसेको कांग्रेस संस्थापनइतर समूहको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै गुरुङले पटक–पटक अवसर पाएकालाई राष्ट्रियसभामा ल्याउन नहुने आफूहरको धारणा रहेको बताएका हुन् । 

राष्ट्रियसभाको अध्यक्ष बन्नका लागि कृष्ण सिटौला र गोपालमान श्रेष्ठलगायत नेताहरूले लबिङ गरिरहेको बेला संस्थापनइतर समूहले विरोध जनाएको हो । 

‘पटक–पटक अवसर नपएकालाई राष्ट्रियसभामा ल्याउनु हुन्न । चुनाव हारेकालाई दिँदा राम्रो सन्देश जाँदैन,’ तथा कानूनमन्त्रीसमेत रहेका गुरुङले भने । 

उपसभापति गुरुङले महासमिति बैठकको एजेण्डाबारे छलफल गर्न संस्थापनइतर समूहको बैठक बसेको बताए । ‘हाम्रो टीम भेला भएका छाँै । राष्ट्रियसभा चुनावलगायत विषयमा छलफल हुन्छ,’ उनले भने । 

डा शेखर कोइरालाले बोलाएको संस्थापनइतर समूहको बैठकका महामन्त्री गगन थापालगायत उपस्थित छन् । 

salt training

कमेन्ट गर्नुहोस्