
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठकमा केन्द्रीय सदस्य गणेश लामा थपिएका छन ।
यसअघि संस्थापन पक्षसँग रहेका लामा बुधवार संस्थापन इतर समूहको बैठकमा सहभागी भएका हुन् । लामा विजय गच्छदार निकट हुन् ।
‘गुण्डा नाइके’ भनेर बदनामी कमाएका लामा विजय गच्छदारसँगै कांग्रेस प्रवेश गरेका थिए ।
काभ्रेका लामा १४ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । संस्थापन इतर समूहको बैठकमा महासमिति बैठकका एजेन्डाबारे छलफल भइरहेको छ ।
नेता जगदीश्वर नरसिंह केसीले तोकिएको समयमै महासमिति बैठक राख्न दवाव दिनुपर्ने बैठकमा कुरा उठेको जानकारी दिए ।