०६ साउन २०८३, बुधबार

युवालाई विदेश जानबाट रोक्न टाटा मोटर्सले ल्यायो 'स्वावलम्बी अभियान २.०'

मंसिर २७, २०८०
काठमाडौं
युवालाई विदेश जानबाट रोक्न टाटा मोटर्सले ल्यायो 'स्वावलम्बी अभियान २.०'

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले कामका लागि विदेश जान लागेका युवाहरूलाई लक्षित गर्दै 'टाटा मोटर्स स्वावलम्बी अभियान २.०' ल्याएको छ ।

यस अभियान अन्तर्गत ग्राहकहरूले टाटा एस वा टाटा इन्ट्रा मात्र २ लाखको डाउनपेमेन्टमा खरिद गर्न सक्नेछन् । साथै देशमै रही आफ्नो साथी भाइ र परिवारको साथ रोजगारीरव्यवसायको अवसर सिर्जना गर्न सक्नेछन् र स्वाभिमानी भई जीवन निर्वाह गर्न सक्ने कम्पनीले जनाएको छ। ​

सिप्रदी ट्रेडिङ्ग कमर्सियल भेहिकल विजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालले अहिलेको कठिन आर्थिक अवस्थामा स्वदेशमै केही गर्न चाहने युवाहरूका लागि अभियान राम्रो अवसर हुने विश्वास व्यक्त गरे ।

null

यो योजना सार्वजनिक भएको केही दिन मात्र हुँदा पनि सोधपुछ गर्ने ग्राहकको संख्या उल्लेख्य रहेको उनले बताए ।

यस अघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका कैयौं नेपालीलाई घर फर्काइँदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान सञ्चालन गरेको थियो।

बजारको माग र देशबाट युवा तीव्र रुपमा पलायन भएको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाएको कमर्सियल भेहिकल विजनेस युनिटका सहायक जीएम दिवसबाबु सुवेदी बताए ।

कुन गाडीमा कति वर्षको किस्ता बन्छ, फाइनान्समा कति प्रतिशत ब्याज लाग्छ जस्ता विस्तृत जानकारीका लागि सिप्रदी ट्रेडिङ्गको नजिकको शोरुम वा ९८०११०७६०० मा मिसकल गर्न सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्