०७ असार २०८३, आइतबार

एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो

मंसिर २८, २०८०
काठमाडौं
एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सरेको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठकको मिति सारिएको हो । 

बैठक पुसको २ र ३ गते बस्ने प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ । 

त्यस्तै, सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्