१० असार २०८३, बुधबार

तासको खालबाट वडा सदस्य नै पक्राउ

कात्तिक २०, २०७४
तासको खालबाट वडा सदस्य नै पक्राउ
उदयपुर १४ असोज — यहाँस्थित गाईघाट बजार क्षेत्रबाट तास खेलिरहेको अवस्थामा वडा सदस्य सहित सात जना पक्राउ परेका छन् ।tass
त्रियुगा नगरपालिका वडा नंं ११ स्थित होटल ए वान एलम्बरबाट शुक्रबार राती त्रियुगा नगरपालिका वडा नं. ११ का सदस्य विष्णु कुमार श्रेष्ठ सहित सात जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टको कमाण्डमा खटि गएको प्रहरी टोलीले सर्च गर्ने क्रममा पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ११ बस्ने बर्ष ४० को दुर्गा ब. श्रेष्ठ, बर्ष ४० को शुरेश पराजुली, बर्ष ४१ को राजु तुलाधर, बर्ष २६ को अरबिन खत्री, बर्ष ३८ को हिराकाजी राई, बर्ष ३६ को प्रमोद पोखरेल रहेका छन । पक्राउ परेका वडा सदस्य नेकपा एमालेबाट विजयी भएका हुन् ।
होटलको तेस्रो तल्लामा होहल्ला गरि तास खेलिरहेको अबस्थामा ५२ पत्ती तास र एक लाख ५६ हजार ४ सय ८५ नगद समेत बरामद गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्