×

सरसर्ती २४ घण्टा

भिजिट भिसाका नाममा ठग्नेमाथि प्रहरी आक्रामक, सेटिङमा मानव तस्करी

संसदका महासचिवको राजीनामा स्वीकृत, तर नयाँ नियुक्ति भएन

काठमाडाैं | मंसिर २८, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा। भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका थिए । तर राष्ट्रपतिले सिफारिसअनुसार नयाँ नियुक्ति गरेका छैनन् । 


Advertisment

बरु सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका छन् । सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको सभामुखको सचिवालयले जनाएको छ । उनैको नाम राष्ट्रपतिकहाँ महासचिवको रुपमा सिफारिस भएको छ । 
००००
नक्कली कागजात बनाएर विभिन्न देश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।


Advertisment

भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी नक्कली कागजात बनाउने गिरोहसम्म पुगेको थियो । 

पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक, तिनका एजेन्ट र केही अध्यागमनका कर्मचारीसमेत छन् । अपराध अनुसन्धान कार्यालयका एसएसपी शोमेन्द्र सिंह राठौरका अनुसार उनीहरूले नक्कली कागजात बनाएर भिजिट र वर्किङ भिसामा विभिन्न व्यक्तिलाई विदेश पठाउने गरेका थिए । 

पक्राउ पर्नेमा ६ वटा ट्राभल एजेन्सी सञ्चालक र तिनका एजेन्ट र अध्यागमनका कर्मचारीसमेत छन् । पछिल्लो पटक सेटिङमा मानव तस्करी हुने क्रम बढेपछि सरकारले गम्भीरतापूर्वक लिँदै कारबाहीलाई तीव्र बनाएको छ । 

००००
गत वर्षको पुस ६ गते संसदीय दलको नेतामा पराजित भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समूहका नेता डा शेखर कोइरालालाई दलको नेता बनाउन प्रस्ताव गरेका छन् । लामो तिक्ततापछि समूहको भेलामा गएका गगनले आफू पराजित भए पनि शेखरलाई संसदीय दलको नेता बनाउनुपर्ने प्रस्ताव गरेका हुन् । 

‘संसदीय दलको चुनावमा कसले भोट हाले हालेनन् भनेर समीक्षा गर्दै जाउँला । यो अर्कै पाटो भयो । तर हामी १५ औं महाधिवेशन सयममै अर्थात २०८२ भित्रै गर्ने हो भने संसदीय दलको नेता परिवर्तन गर्न आवश्यक छ,’ गगनले भेलामा गरेको प्रस्तावलाई उद्धृत गर्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भने, ‘यसैले आजैदेखि शेखर कोइरालालाई संसदीय दलको नेता बनाउने गरी लागौं । दलको नेता परिवर्तन गरेर नयाँ प्रधानमन्त्री बनाउन सकिएमात्रै २०८२ सालम १५ औं महाधिवेशन सुनिश्चित हुन्छ । नत्र सभापतिले ८४ वैशाखमा पनि महाधिवेशन गर्नु हुँदैन । त्यो बेला हाम्रो हालत झन् के होला ?’
००००
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन सरकार धेरै समय नटिक्ने ठोकुवा गरेका छन् ।

पार्टीको समृद्धिका लागि मध्यपहाडी संकल्प यात्राका क्रममा बुधवार भोजपुरमा भएको कार्यकर्ता भेटघाटमा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार नटिक्ने ठोकुवा गरेका हुन् ।
००००
त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नाम सार्वजनिक गरेको छ । 
त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो । स्नातकोत्तर तहतर्फ चार जना उत्कृष्ट विद्यार्थीले दुईरदुई र स्नातक तहतर्फ एक जना उत्कृष्ट विद्यार्थीले दुई पदक तथा पुरस्कार पाएका छन् ।
००००
जनता समाजवादी पार्टी जसपा नेपालले मङ्सिर २६ गते भोजपुर, ओखलढुङ्गा, झापा र उदयपुरमा पहिचान पक्षधरमाथि व्यापक प्रहरी दमन भएको भन्दै उक्त घटनाप्रति निन्दा गरेको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले पहिचान एवम् अधिकार प्राप्तिको लागि गरेको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले गरेको बल प्रयोग, कुटपीट, धरपकट र दुब्र्यवहारप्रति निन्दा गरेको हो ।

००००
रास्वपाका सभापति रवि लामिछाने र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यबीच भेटवार्ता भएको छ । 

बेलायतस्थित नेपाली राजदूताबासमा बुधबार भेटवार्ता भएको हो ।  उनीहरुबीच ब्रिटिस गोर्खा सैनिकका मुद्दा र कुटनीतिक पहल, नेपाल र बेलायतबीचको व्यापार तथा पर्यटन प्रवद्र्धनलगायतका विषयमा कुराकानी भएको थियो ।
००००
काठमाडौं मलअगाडि माइक्रो बसले ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको टाउकोमा चोट लागेको छ । उनी बोल्नसक्ने अवस्थामै रहेको एक ट्राफिक अधिकारीले जानकारी दिए ।
००००
काठमाडौं महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ ।
महानगरले यसअघि नै जारी गरेको सूचनाअनुसार आजदेखि प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध भएको छ ।
००००
रुकुम पश्चिममा अस्थायी आवास निर्माणमा विभिन्न राजनीति दल सक्रिय छन् । हालसम्म तीन हजार पाँच सय अस्थायी आवास निर्माण भएका छन् । स्वयंसेवक परिचालन गरेर अस्थायी आवास निर्माण गरिएको हो । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधार गर्न कृषि उत्पादनलाई जोड दिने नीति सरकारले लिएको बताएका छन् ।

काभ्रेको पाँचखालमा बुधवार आयोजित महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
००००
काठमाडौं विश्वविद्यालयका १ हजार ८ सय ३८ विद्यार्थी आज दीक्षित भएका छन् ।

प्रधानमन्त्री तथा उक्त विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २९औं दीक्षान्त समारोहमा ती विद्यार्थीलाई दीक्षित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।
००००
इन्डेक्समा २.६ अंकको सामान्य वृद्धि भए पनि कारोबार रकम भने ३ अर्ब ९० करोड ९१ लाख पुगेको हो ।

२०१६.९ अंकसम्म पुगेको शेयर बजार कारोबार हुने बेला १९८८.०४ अंकमा कायम भएको छ ।

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x