
सरकारले सहसचिव सेवा लम्साललाई सचिवमा बढुवा गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव परराष्ट्र मन्त्रालयकी प्रवक्तासमेत रहेकी लम्सालको सिफारिस गरेको थियो । परराष्ट्रतर्फ एक सचिव पद मात्र रिक्त थियो । त्यसैमा लम्साल बढुवा भएकी हुन् ।
बढुवासँगै लम्सालको परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन पनि भएको छ ।