१३ असार २०८३, शनिबार

दशैँमा अस्वस्थ्य मासु खान बाध्य

कात्तिक २०, २०७४
दशैँमा अस्वस्थ्य मासु खान बाध्य
दशैँमा अस्वस्थ्य मासु खान बाध्य


इनरुवा, १४ असोज- दशैँमा सुनसरीको विभिन्न ठाउँमा अव्यवस्थित पशु बध गरी मासु बिक्री गरिएको पाइएको छ ।

बजार अनुगमनको अभाव र दशैँमा मासु खानैपर्ने संस्कारले उपभोक्ता अस्वस्थ्यकर मासु खान बाध्य छन् । नियमित सञ्चालनमा रहेका ५०० मासु पसलबाहेकका ठाउँमा समेत सयौँ मासु पसल दशैँको मौकामा फोहर ठाउँमा खुलेका छन् ।masu

उपभोक्ता दिनेश यादवले मासु बिक्रेताले मासुको स्वास्थ्यताभन्दा मासु बेचेर कमाउने मात्रै उद्देश्य राखेकाले सर्वसाधारण जस्ले आफैँ खसीबोका वा बाख्रा बलि दिन सक्दैन त्यस्ता उपभोक्तालाई बढी मर्का परेको बताउनुभयो ।

मासु खानयोग्य वा अयोग्यको विषयमा जानकारी नै नलिई बाध्य भएको र सुनसरीका अधिकांश उपभोक्ताले गुणस्तरहीन र फोहर मासु उपभोग गरिरहेका छन् । फोहर ठाउँ र अव्यवस्थित मासु पसलका कारण उपभोक्ता गुणस्तरहीन फोहर मासु खान बाध्य रहेको स्थानीयले जानकारी दिएका छन् ।

इनरुवा बजार, सडक र आसपासको क्षेत्रमा जताततै मासु पसल रहेकाले स्थानीय उपभोक्ता गुणस्तरहीन र अस्वस्थकर मासु खान बाध्य रहेको स्थानीय मनिष चौधरीले गुनासो गर्नुभयो ।

चौधरीका अनुसार जिल्लाको सदरमुकाम इनरुवासहित अधिकांश ठाउँमा पशु, खसी, बाख्रा मापदण्ड विपरीत बाँधी रहेको र फोहर ठाउँमा राखेर बेचिरहेकाले अवस्था रहेको छ । तिहारको समयसम्म अझै धेरै प्रदूषित मासु बेच्नका लागि व्यापारी उद्धत रहेको दोस्रो स्थानीय रामनरेश चौधरीले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्