
नेकपा एमालेले मादक पदार्थ सेवनबाट उत्तेजित बनेका व्यक्तिले अध्यक्ष केपी ओलीमाथि अस्वाभाविक व्यवहार देखाएको बताएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक वक्तव्य जारी गर्दै लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राईले अस्वभाविक व्यवहार गरेको बताएका हुन् ।
सोही विषयमा सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको भन्दै उनले पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली आज भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका महेश राई (महालक्ष्मी नपा ५ निवासी)भन्ने व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, उनको वक्तव्यमा भनिएको छ, ‘तथ्य नबुझी अनर्गल प्रचार नगर्न ,जनमानसमा भ्रम नछर्न, सम्वन्धित सवैमा हार्दिक अपिल गर्दछु।’