१७ असार २०८३, बुधबार

दलीय भागबण्डामुक्त नगरेसम्म शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर कायम नहुन सक्दैन: बिजुक्छे

मंसिर २९, २०८०
काठमाडौं
दलीय भागबण्डामुक्त नगरेसम्म शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर कायम नहुन सक्दैन: बिजुक्छे
फाइल तस्वीर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई दलीय भागबण्डाबाट मुक्त नगरेसम्म दुवै क्षेत्रमा गुणस्तर कायम नहुन बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २२ औं र ख्वप कलेज अफ इञ्जिनियरीङको १५औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने दलीय भागबण्डा अन्त्य हुनुपर्ने  बताएका हुन् ।  

अध्यक्ष बिजुक्छेँले देश र जनताको निःस्वार्थ सेवा गर्ने जनशक्ति उत्पादन गर्ने स्थानमा दलीय भागबण्डा हुननहुनेमा जोड दिए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने  जनशक्ति तयार गर्ने उद्देश्यले स्थापना भएका शैक्षिक प्रतिष्ठानका प्रगति विवरण प्रस्तुत गरे ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुरलाई ज्ञानको केन्द्रको रूपमा विकास गर्न नगरपालिकाले निर्वाह गरेको योगदानको सराहना गरे । अध्यक्ष बिजुक्छेले दुवै कलेजमा १० र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्