२३ असार २०८३, मंगलबार

चितवन कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, १११ बिरामी

मंसिर २९, २०८०
चितवन
चितवन कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, १११ बिरामी

जिल्ला कारागार कार्यालय चितवनमा १११ कैदीबन्दी विभिन्न रोगबाट पीडित रहेको पाइएको छ । उनीहरूमध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । 

कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले बताए । 

उनका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ । 
अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित  चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् । 
 
जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ । अहिले कारागारमा क्षमताभन्दा झण्डै दुई सय बढी कैदीबन्दी राखिएको छ । 

कारागारमा चार सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि  छ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी सात सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए । 

उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्