२३ जेठ २०८३, शनिबार

तेस्रो संस्करणको सिरिजङ्गा गोल्ड कपको विजेता बन्यो इलाम

मंसिर २९, २०८०
इलाम
तेस्रो संस्करणको सिरिजङ्गा गोल्ड कपको विजेता बन्यो इलाम

ताप्लेजुङको तेल्लोकमा सम्पन्न तेस्रो सिरीजङ्गा गोल्ड कपको उपाधि इलाम सन्दकपुरको देउराली स्पोटिङ कल्बले उपाधि हात पारेको छ । आज तेल्लोक माविको खेल मैदानमा भएको खेलमा ज्यू स्टार झापालाई दुई  शून्य गोल अन्तरले पारजित गर्दै देउराली स्पोटिङ कल्बले तेस्रो संस्करणको सिरिजङ्गा गोलको नयाँ विजेता टोली बनेको हो ।
 
 देउराली सुटिङको जीतमा एक गोल उपहार पाएको थियो । पहिलो हाफको २४औँ मिनेटमा अविसेक लिम्बूले आत्मघाती गोल गर्दै देउराली स्पोटिङ इलामले सुरुवाती अग्रता लिएको थिए । पहिलो हाफमा एक गोल गरेको इलामले दोस्रो हाफमासमेत एक गोल गरेको थियो । इलामका लागि दोस्रो हाफको २२औँ मिनेटमा विकेश लिम्बूले गोल गर्दै टिमले जीत हात परेको जनाइएको छ । झापाली टिमले केही अवसर प्राप्त गरे पनि अवसर सिर्जना गर्न नसक्दा उपविजेतामा सीमित भएको छ । 

विजेता भएको देउराली स्पोटिङ कल्बले ट्रफी मेडल प्रमाणपत्रसहित नगद रु दुई लाख दुई हजार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको झापाली एक लाख ११ हजार रुपैयाँ चित्त बुझाएको छ । किरात लिम्बू साहित्यकर तथा लिम्बू भाषा लिविका पुनरुत्थान कर्ता सिरिजङ्गा सिंह थेवेको जन्म जयन्तीको अवसर पार्दै तेल्लोक स्पोटिङ कल्बले २०७७ सालदेखि गोल्ड आयोजना गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्