०५ साउन २०८३, मंगलबार

जसपाको गोरखा जिल्ला समिति पुनर्गठन, अध्यक्षमा गुरुङ

मंसिर ३०, २०८०
गोरखा
जसपाको गोरखा जिल्ला समिति पुनर्गठन, अध्यक्षमा गुरुङ

 जनता समाजवादी पार्टी (जसपा) नेपालको गोरखा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार जिल्लामा आयोजित कार्यक्रमबाट कुलमान गुरुङको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा कविन्द्र अधिकारी, सचिव पार्वती मास्के, सहसचिव पवित्रा बराम र कोषाध्यक्ष नानीमाया कार्की चयन भएका छन् ।  

गण्डकी प्रदेशअन्तर्गतका जिल्ला समिति पुनर्गठन कार्यलाई पार्टीले तोकेको पुस मसान्तसम्मको समयावधीमा सम्पन्न गर्ने गरी निर्देशन दिइएको केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सो प्रदेश समितिका इन्चार्ज शिबलाल थापा मगरले जानकारी दिए ।
 

कमेन्ट गर्नुहोस्