२९ जेठ २०८३, शुक्रबार

भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर

पुस १, २०८०
काठमाडौं
भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली–भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर भएको छ ।

ओमानका सुल्तान हैथम बिन तारिक अलको राजकीय भ्रमणका क्रममा शनिवार भारत र ओमानले संस्कृति, सूचना प्रविधि (आईटी) र वित्तीय अपराधविरुद्ध लड्ने विभिन्न क्षेत्रमा पारस्परिक सहयोगका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारत भ्रमणमा रहेका सुल्तानले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता  गरेका छन् । उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।  

द्विपक्षीय वार्तापछि  दुई नेताहरूबीच विभिन्न १० वटा क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा  छलफल भएको छ । 

दुवै पक्षले ओमान–भारत संयुक्त लगानी कोषको ३०० मिलियन अमेरिकी डलरको तेस्रो किस्ताको घोषणा गरेका छन् । सो कोष भारतीय अर्थतन्त्रको द्रुत बृद्धि हुने क्षेत्रहरूमा लगानीलाई अगाडि बढाउन प्रयोग गरिनेछ। 

ओमानका सुल्तान तारिक शुक्रवार दिल्ली पुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्