०५ साउन २०८३, मंगलबार

लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा मञ्जु भुसाल निर्वाचित

पुस १, २०८०
बुटवल
लुम्बिनी निर्माण व्यवसायी संघको अध्यक्षमा मञ्जु भुसाल निर्वाचित

लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको अध्यक्षमा मञ्जु भुसाल निर्वाचित भएकी छिन् । शनिवार भैरहवामा सम्पन्न संघको १३ औं अधिवेशनबाट भुसाल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल गरी निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । भुसाल एमालेनिकट हुन् । 

भुसाल १३४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी गणेशप्रसाद शर्मा र प्रयास खड्काले बराबर ८६–८६ मत प्राप्त गरेका छन् । प्रथम उपाध्यक्षमा १०९ मत प्राप्त गरी एमालेनिकट रमेश बेल्बासे विजयी भएका छन । उनका प्रतिस्पर्धी टीकाबहादुर श्रेष्ठ (सन्तोष)ले ९१ र डण्डपानी पाण्डेले ९५ मत मात्र प्राप्त गरेका छन् । द्वितीय उपाध्यक्षमा ११९ मत प्राप्त गरी भुसाल प्यानलकै विष्णु सुब्बा विजयी भएका छन् । 

महासचिवमा १२२ मतका साथ स्वतन्त्रका प्रितम रौनियार विजयी भएका छन् । यसैगरी सचिवमा १२५ मत प्राप्त गरी भुषाल प्यानलका राजन ज्ञवाली विजयी हुँदा सचिवका उम्मेदवारहरू अजय रानाले ९१ र महेशकुमार दुबेले ७५ मत प्राप्त गरेका छन् । 

कोषाध्यक्षमा स्वतन्त्रका यज्नयप्रसाद बेल्बासे १०४ मतका साथ विजयी हुँदा कोषाध्यक्षका उम्मेदवारहरू पोलिन्द्र पटेलले ८२ र रोशन खनालले १०२ मत प्राप्त गरेका छन् । 

त्यस्तै, सह–कोषाध्यक्षमा स्वतन्त्रकै पवनकुमार मिश्रा विजयी भएका छन् । त्यस्तै, खुल्ला सदस्यमा पुरन कार्की क्षेत्री । रोशनप्रसाद भण्डारी, सुरेन्द्र यादव,  सतिश मिश्रा, शुभम रौनियार विजयी भएका छन् । 

सदस्यका उम्मेदवारहरू ऋषि भुसाल, सेराज अहमद, विजय कुँवर, लोकनाथ पंगेनी (गणेश)ले ९३ मत प्राप्त गरेका छन् ।

यसैबीच लुम्बिनी निर्माण व्यवसायी संघ, बुटवलको अध्यक्षमा बुद्धिराज थापा निर्वाचित भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्