२३ जेठ २०८३, शनिबार

अजेन्टिनामा शक्तिशाली आँधीः  १३ जनाको मृत्यु

पुस १, २०८०
काठमाडौं
अजेन्टिनामा शक्तिशाली आँधीः  १३ जनाको मृत्यु

ब्युनस आयर्स–अर्जेन्टिनाको बन्दरगाह शहर बहिया ब्लाङ्कामा शनिवार शक्तिशाली आँधीमा परी खेलकुद क्लबको छाना खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
    
मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत खसेको थियो ।

‘दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ,’ नगरपालिकाले विज्ञप्तिमा भनेको छ । अग्निनियन्त्रकहरूले भग्नावशेषमुनि फसेका मानिसहरूको उद्धारका लागि काम गरिरहेको पनि नगरपालिकाले जनाएको छ । 

उक्त शहरमा एक सय ४० किलोमिटर ९८७ माइल० प्रतिघन्टाभन्दा पनि बढीको वेगले हावा चलेको बताइएको छ । तीव्रगतिको हावा आएसँगै केही भागमा बिजुलीसमेत गएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्