०५ साउन २०८३, मंगलबार

चिवाभञ्ज्याङ पुगेपछि ओलीको प्रतिक्रिया– एनटीसीको नेटवर्क टिप्दोरहेछ

पुस १, २०८०
काठमाडौं
चिवाभञ्ज्याङ पुगेपछि ओलीको प्रतिक्रिया– एनटीसीको नेटवर्क टिप्दोरहेछ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङ पुगेपछि पहिलो प्रतिक्रिया दिएका छन् ।

उनले आइतवार अपरान्ह त्यहाँ पुगेसँगै पहिलो प्रतिक्रियास्वरुप नेपाल टेलिकमको नेटवर्क टिप्ने जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

'चिवाभञ्ज्याङ पुगियो । नेपाल टेलिकमको नेटवर्क टिप्दोरहेछ,’ उनले फेसबूकमा लेखेका छन् ।

साथै त्यहाँ पुगेपछि एमाले नेता–कार्यकर्ताले चिवाभञ्ज्याङको जंगे पिलरमा राष्ट्रिय झण्डा फहराएका थिए ।

सुदूरपश्चिमको बैतडीस्थित झुलाघाटबाट शुरू भएको प्रमुख प्रतिपक्षी दल एमालेको समृद्धिका लागि मध्यपहाडी संकल्प यात्रा आइतवार सुदूरपूर्वको पाँचथरमा रहेको चिवाभञ्ज्याङमा गएर टुंगिदै छ ।

गत मंसिर १४ गते थालनी भएको संकल्प यात्रा १८ दिनपछि आइतवार टुंगिन लागेको हो ।  

शनिवार एमालेले पाँचथर सदरमुकाम फिदिममा यसअघिको अन्तिम सभा गरेको थियो । 

त्यहाँ आयोजित कार्यक्रमलाई शनिवार दिउँसो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गरेका थिए ।

जहाँ उनले राष्ट्रिय स्वाधीनताको रक्षा, विकास र समृद्धिका लागि आसन्न २०८४ को आमनिर्वाचनमा एमालेलाई बहुमत दिएर एकमनाको सरकार बनाउने ठाउँमा पुर्याउन आग्रह गरेका थिए ।

आफ्नो जन्मजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनी फिदिम पुगेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्