२४ जेठ २०८३, आइतबार

नवलपरासीमा मोटरसाइकल दुर्घटना, एमाले नेता कहारको मृत्यु

पुस १, २०८०
काठमाडौं
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एमाले नेता कहारको मृत्यु
फाइल फोटो

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कहार रहेका छन् ।​

बर्दघाटबाट त्रिवेणीस्थिति आफ्नै निवासमा फर्किँदै गर्दा लु ५२ प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ४८ वर्षीय कहारको मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापश्चिम)स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।

घाइते कहारलाई उपचारका लागि शहीद स्मृति सामुदायिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए ।

उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्