२५ असार २०८३, बिहीबार

रुसले तीन दर्जन युक्रेनी ड्रोन खसाल्यो

पुस १, २०८०
काठमाडौं
रुसले तीन दर्जन युक्रेनी ड्रोन खसाल्यो

रुसी वायु रक्षाले देशका विभिन्न क्षेत्रमा ३३ वटा युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले आइतबार जनाएको छ ।
रुसको लिपेटस्क, रोस्तोभ र भोल्गोग्राद क्षेत्रहरूमा "३३ वटा युक्रेनी ड्रोनहरू" "नष्ट र अवरोध" गरिएको मन्त्रालयले टेलिग्राम पोस्टमा उल्लेख गरेको छ ।

भोल्गोग्राद क्षेत्रका गभर्नर एन्ड्रे बोचारोभले ड्रोन आक्रमणले त्यस क्षेत्रमा कुनै पनि हताहती वा विनाश ननिम्त्याएको बताउनु भएको छ। 

पछिल्ला दिनहरूमा रुसको सुरक्षा संयन्त्रले शङ्कास्पद ड्रोनहरू माथि निगरानी बढाएको छ र सकेसम्म नष्ट गर्ने रणनीति अपनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्