
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुल म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानगएराति भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
बराबरीपछि लिभरपुल १७ खेलमा ३८ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि समान ३८ अंक नै छ । म्यानचेस्टर युनाइटेड भने १७ खेलमा २८ अंकसहित सातौं स्थानमा छ ।
पहिलो स्थानमा रहेको आर्सनलको ३९ अंक छ । गएराति नै भएको खेलमा ब्राइटनलाई २–० ले हराउँदै आर्सनल लिगको शीर्षस्थानमा उक्लिएको हो ।
आर्सनलका लागि गाब्रियल जिसस र काइ हभार्ट्जले एक-एक गोल गरे । ब्राइटन २६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।