२५ जेठ २०८३, सोमबार

त्रिविको पदक वितरणमा धाँधली

पुस २, २०८०
काठमाडौं
त्रिविको पदक वितरणमा धाँधली

त्रिभुवन  विश्वविद्यालय  (त्रिवि)  ले  मेधावी  विद्यार्थीलाई पुरस्कार तथा पदक वितरणमा अन्याय गरेको पाइएको छ । समान   अङ्क   ल्याएका   एकै   ब्याचका   विद्यार्थीमध्ये  एउटालाई  काखा  र  अर्कोलाई  पाखा  लगाउने  प्रवृत्ति  देखिएको  छ  ।

 विश्वविद्यालयले  सोमबार  आयोजना  गर्न  लागेको  ४९  औँ  दीक्षान्त  समारोहमार्फत उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई वितरण गर्न लागेको विभिन्न पदक तथा पुरस्कारमा गलत निर्णय गरिएको फेला परेको छ ।

विभिन्न  विषयमा  उत्कृष्ट  नतिजा  ल्याएका  विद्यार्थीमध्ये  त्रिविले  वातावरण  केन्द्रीय  विभाग  अन्तर्गतका  क्याम्पसबाट  स्नातकोत्तर  (एमएससी)  तहमा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई ‘मदन विद्या वातावरण विज्ञान पुरस्कार र पदक’ वितरण गर्दै छ ।

तर उक्त विषयमा दुई जना छात्राले समान अङ्क ल्याए पनि त्रिविले भने आफूखुसी एक जनाको नाम सार्वजनिक गरेर अर्कालाई अन्याय गरेको छ । उक्त विषयमा उन्नति अर्याल र सुस्मा तिम्सिनाले समान ३.८४ सिजिपिए प्राप्त गरेको पाइएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्