२६ जेठ २०८३, मंगलबार

सिंहदरबारबाट प्रचण्डले गरे मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक आयोजना अनुगमन

पुस २, २०८०
काठमाडौं
सिंहदरबारबाट प्रचण्डले गरे मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक आयोजना अनुगमन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक आयोजनाको प्रगति अनुगमन गरेका छन् ।

सिंहदरबारस्थित ‘एक्सन रूम’बाट प्रधानमन्त्री प्रचण्डले आयोजनाको अनुगमन गरेका हुन् । 

विभागीय मन्त्री र सचिवलाई साथमै राखेर प्रधानमन्त्रीले आयोजनाको प्रगति विवरणबारे जानकारी लिए ।

null

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको उपस्थितिमा प्रचण्डले आयोजना प्रमुखबाट प्रगति विवरण माग गरेका हुन् । 

२०७५ चैत ८ गते शिलान्यास भएको बुटवल–नारायणगढ सडकको प्रगति ५० प्रतिशतभन्दा कम छ । असोज महिनासम्म यसको प्रगति ४१ प्रतिशत थियो । 

२०७८ भदौ १२ गतेदेखि काम शुरू भएको मुग्लिन–पोखरा सडकको प्रगति पनि निराशाजनक रहेको छ । दुवै सडकको ठेक्का चिनियाँ ठेकेदारले पाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्