१२ साउन २०८३, मंगलबार

पाँच लाख घुस लिएको आरोपमा वडा अध्यक्ष पक्राउ

पुस २, २०८०
काठमाडौं
पाँच लाख घुस लिएको आरोपमा वडा अध्यक्ष पक्राउ
फाइल फोटो

बाराको जीतपुर सिमरा उपमहानगर–३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले ५ लाख घुससहित सोमवार दिउँसो पक्राउ गरेको हो ।

सडक बनाउने क्रममा स्थानीय राजन उप्रेतीसँग घुसबापत लिएको पाँच लाख रुपैयाँसहित कार्की जितपुरस्थित जैसवाल होटलबाट पक्राउ परेका हुन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ । 

पक्राउ परेका वडाअध्यक्ष कार्की नेकपा एमाले पार्टीबाट निर्वाचित बनेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्