१६ असार २०८३, मंगलबार

काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

पुस २, २०८०
काठमाडौं
काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

 काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्न द्विपक्षीय सम्झौता भएको छ  । 

 काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौँ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग भएको सम्झौता स्मरण गर्दै आजको सम्झौताले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यलाई थप प्रगाढ बनाएको चर्चा गरे । 

दुवै पक्षबीच एकआपसमा रहेको ज्ञान र अनुभवका साथसाथै विज्ञताको आदानप्रदान र शैक्षिक कार्यक्रममा परस्पर सहयोग अभिवृद्धिका लागि मार्ग प्रशस्त गरेको र दुवै निकायको क्षमतामा थप वृद्धि हुने विश्वास उनले व्यक्त गरे।  


समारोहमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा  थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत मेडिकल एजुकेशनमा हातेमालो गर्दै विश्वविद्यालयले थप गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । 

सम्झौतापत्रमा दुवै पक्षले संयुक्त अनुसन्धान परियोजना सञ्चालन गर्ने, एकअर्काको शैक्षिक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने, ज्ञान र विशेषज्ञताको आदानप्रदानलाई प्रवर्द्धन गर्न सहयोगी वातावरणलाई बढावा दिने, चिकित्सा एवं स्वास्थ्यको वर्तमान र भविष्यका आवश्यकतालाई सम्बोधन गर्न शैक्षिक कार्यक्रमको विकास र कार्यान्वयनका सम्भावना अन्वेषण गर्ने उल्लेख गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्