२७ जेठ २०८३, बुधबार

कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि, सभापति देउवाले उद्घाटन गर्ने

पुस ३, २०८०
काठमाडौं
कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि, सभापति देउवाले उद्घाटन गर्ने

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आजदेखि शुरू हुँदैछ । सम्मेलनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । 

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए । 

सम्मेलनको उद्घाटन पोखरास्थित सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।

सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्