१२ साउन २०८३, मंगलबार

घट्दै काठमाडौंको तापक्रम, आज वर्षकै चिसो

पुस ३, २०८०
काठमाडौं
घट्दै काठमाडौंको तापक्रम, आज वर्षकै चिसो

चिसो बढेसँगै देशभरका विभिन्न ठाउँको तापक्रम घट्दै गइरहेको छ । काठमाडौं उपत्यकामा समेत चिसो बढेको छ । 

काठमाडौंको तापक्रम घट्दै गएको छ । आज बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यो यसवर्षकै सबैभन्दा कम हो ।

काठमाडौंमा आज दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ।

सोमबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस थियो । मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.८ डिग्री सेल्सियस झरेका थियो । 

आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्