
एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटर्सले बर्दिवासमा आफ्नो एक्सक्लुसिभ रिटेलर स्थापना गरेको छ ।
रिटेलर स्थापनासँगै अब बर्दिवासका ग्राहकहरूले मिथिला अर्थमुभर्समार्फत सजिलै जेसीबीका सक्कली पार्ट्स खरिद गर्न सक्नेछन् ।
एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटर्स प्रालि नेपालको लागि जेसीबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता हो ।
कम्पनीले नक्कली पाटपुर्जाहरूको प्रयोग र जोखिम कम गर्न जेसीबीका सक्कली पार्ट्सहरू एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरमार्फत देशभर बिक्री वितरण गर्दै आइरहेको छ ।
यसै अन्तर्गत एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटर्सले आफ्नो एक्सक्लुसिभ रिटेलर मिथिला अर्थमुभर्स वर्दिवासमा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
बर्दिवास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्री, एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटर्सका निर्देशक गोपालकुमार अग्रवाल, एमएडब्लू पार्ट्स डिष्ट्रिब्युटर्सका बिजनेस हेड रोशनकुमार श्रेष्ठलगायतले संयुक्त रुपमा एक्सक्लुसिभ रिटेलरको उद्घाटन गरेका थिए ।