२३ असार २०८३, मंगलबार

अछाममा ‘ब्रेक फेल’ भएर सडक किनारमा पल्टियो जिप, १३ जना घाइते

पुस ३, २०८०
अछाम
अछाममा ‘ब्रेक फेल’ भएर सडक किनारमा पल्टियो जिप, १३ जना घाइते
फाइल फोटो

अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

मङ्गलसेन नगरपालिका–६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो ।

हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका–३ का  कार्बु लामाले चलाएको भे १ च २५७६ नम्बरको  जिप दुर्घटनामा १३ जना घाइते भएका हुन् ।​​​

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्