२७ असार २०८३, शनिबार

टर्कीएमा १ हजार २०० भन्दा बढी अवैध आप्रवासी पक्राउ

पुस ३, २०८०
काठमाडौं
टर्कीएमा १ हजार २०० भन्दा बढी अवैध आप्रवासी पक्राउ

इस्तानबुल–टर्कीएको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टीआरटीले सोमवार उल्लेख गरेको छ । 

पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्यलयमा पठाइएको छ । 

प्रान्तीय कमाण्ड टोलीले अवैध आप्रवासनलाई रोक्न एडिर्नको शहरको केन्द्र तथा वरपरका जिल्लामा निरीक्षण कडा बनाएको छ । एडिर्न ग्रीस र बुल्गेरियाको सीमानजिक रहेको क्षेत्र हो ।

टर्कीएका आन्तरिकमन्त्री अली उर्लिकायाले देशको सबैभन्दा ठूलो शहर इस्तानबुलमा मात्र नभई सबै प्रान्तका अवैध आप्रवासीहरूलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्