२६ जेठ २०८३, मंगलबार

बलात्कार मुद्दामा फरार अभियुक्त इन्टरपोलको सहयोगमा कुवेतबाट पक्राउ

पुस ३, २०८०
काठमाडौं
बलात्कार मुद्दामा फरार अभियुक्त इन्टरपोलको सहयोगमा कुवेतबाट पक्राउ
फाइल फोटो

बलात्कार मुद्दामा फरार रहेका व्यक्ति इन्टरपोलको सहयोगमा कुवेतकाबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौंरीदेउराली गाँउपालिका – ८ घर भएका ३१ वर्षीय उमेश लामा छन् । 

नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) कुवेतको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाहीका लागि मंगलवार नेपाल ल्याइएको छ ।

लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो । अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीका लागि कुवेतमा रहेको खुलेपछि इन्टरपोलबाट रेड नोटिस जारी गरिएको थियो ।

उनीविरुद्ध २०८० असोज ११ गते रेड नोटिस जारी भएको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्