१० असार २०८३, बुधबार

विराटनगरबाट १६ लाख नगदसहित १ जना समातिए

पुस ३, २०८०
काठमाडौं
विराटनगरबाट १६ लाख नगदसहित १ जना समातिए

सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ नगदसहित विराटनगरबाट १ जनालाई समातेको छ । 

विराटनगर– १५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई नियन्त्रणमा लिइएको हो  । 

साहले चढेको १९ प ४४३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ । 

उनको साथमा १ हजार दरका ८८५ थान, ५०० दरका १६९ थान, १०० दरका ९०० थान, ५० दरका  ५ थान, २० दरका १२ थान र १० दरका १ थान नोट रहेको सशस्त्रको भनाइ छ । 

साहलाई छानबिनका लागि राजश्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्