०८ साउन २०८३, शुक्रबार

तत्काललाई जिल्ला र नगर अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय

पुस ३, २०८०
काठमाडौं
तत्काललाई जिल्ला र नगर अधिवेशन स्थगित गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी)ले जिल्ला र नगर अधिवेशनहरू तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । मंगलवार काठमाडौंमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि प्रतिक्रिया दिँदै सचिव जीवनराम श्रेष्ठले तत्काललाई जिल्ला र नगर अधिवेशन स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

महाधिवेशनलाई केन्द्रित गरेर विधान सम्शोधनमाथि नै छलफल भइरहेकाले अरु विषय पछि सारिएको उनले बताए ।

‘बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले पेश गरेको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहेको छ,’ उनले भने ।

 उनले माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकले अधिवेशनको मिति तोक्ने पनि जनाए । 

एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख डा वेदुराम भुसाल संयोजकत्वको समितिले सोमवार सचिवालय बैठकमा संशोधन प्रस्ताव पेश गरेको थियो ।

यस्तै सचिवालय बैठकमा पदाधिकारी संख्या घटाउनेदेखि रिकल (प्रतिआह्वान)सम्मको व्यवस्था गर्नुपर्नेसमेत प्रस्ताव आएको बताइएको छ ।

अर्को बैठक शनिवार बस्ने र सोदिन पनि विधान संशोधन प्रस्तावमाथि नै छलफल हुने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्