
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पाल्पा जिल्ला सम्मेलन गर्दा तानसेन नगरपालिकाको भवनको दुरुपयोग भएकोमा क्षमा मागेका छन् । महामन्त्री थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा गल्ती भएको स्वीकार गर्दै बुधबार बिहानै माफी मागेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाल्पा जिल्ला सम्मेलनका क्रममा भएको लापरवाहीप्रति क्षमा चाहन्छु।’
गत मंसिर ३० गते कांग्रेसले प्रथम पाल्पा सम्मेलन गर्दा तानसेन नगरपालिकाको मूल बोर्डमा पार्टीका झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएको थियो ।
कांग्रेसले नगरपालिका भवनभरी नै पार्टीका झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरेपछि चर्को आलोचना भएको थियो । कार्यक्रमको प्रमुख अतिथि महामन्त्री थापा थिए ।