
संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको नाम अनुमोदन गरेको छ ।
बुधबार बिहान बसेको समिति बैठकले सर्वोच्चको न्यायाधीश सिफारिस सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।
सोमबार उनीहरूको संसदीय सुनुवाइ भएको थियो ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । न्याय परिषद्को मङ्सिर ५ गते बसेको बैठकले सर्वोच्च अदालतका लागि रिक्त ६ न्यायाधीशका लागि नाम सिफारिस गरेको थियो ।