२३ असार २०८३, मंगलबार

आईएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

पुस ४, २०८०
काठमाडौं
आईएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ ।

काठमाडौंमा मंगलवार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा ‘आईएमई पे’लाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिप अवार्डबाट सम्मानित गरेको हो ।

यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टतामार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आईएमई पे र भिजाबीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ ।

‘आईएमई पे’ले अहिले भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्चमार्क निर्माण गरेको छ ।

आगामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवाहरू लिएर आउने ‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्