
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मध्यपुरथिमि नगरपालिका–४ ठिमीमा बस्दै आएका नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
केही सातायता बिरामी परेका नेता यादवसँग भेट गरी प्रधानमन्त्रीले उनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् । भेटमा उनले मध्यपुरठिमी चारदोबाटोस्थित सुन्दरबस्तीमा बस्दै आएका नेता यादवको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
त्यसलगत्तै प्रधानमन्त्री दाहालले सुन्दरबस्तीका बासिन्दा र कार्यकर्तासँग भेट गरी यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।