०६ असार २०८३, शनिबार

सतहको ढल र मंगाल सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्कियो

पुस ५, २०८०
काठमाडौं
सतहको ढल र मंगाल सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्कियो

 काठमाडौँ महानगरपालिकाले सतहको पानी निकासका लागि सडक किनारामा बनाइएका ढल, मंगाल र नाली सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्किएको जनाएको छ ।

चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘डुवान समस्या समाधान’ कार्यक्रम कार्यान्वयन गर्दै विपद व्यवस्थापन विभागले भदौ १० गतेदेखि दैनिक ७ जना जनशक्ति परिचालन गरेर ढल, साइड ड्रेन, नाला सफाइ गरिरहेको छ । 
विपद व्यवस्थापन महाशाखाका प्रमुख एवं डुवान समस्या समाधान कार्यक्रमका फोकल पर्सन विष्णुप्रसाद जोशीका अनुसार, यस अवधिमा १ हजारभन्दा धेरै मंगाल खोलेर सफाइ गरिएको छ । तीमध्ये दरबारमार्ग र कुलेश्वर सडक खण्डमा मंगाल सफा गरिएका भेटिएका थिए । बाँकी सबैमा माटो भरिएको उनको भनाइ छ ।      

अहिलेसम्ममा वडा ३२ को पेप्सीकोला आवास क्षेत्र र जडीवुटी, वडा नं। ३१ को मीनभवन पुलदेखि कोटेश्वर, कोटेश्वरदेखि बालकुमारी, बालकुमारीदेखि मनोहरा करिडोरको झोलुङ्गे पुलसम्म सफाइ गरिसकिएको छ । यसै गरी वडा नं। ३ को कान्ति बाल अस्पताल आसपास, वडा नं। ११ को ट्रली बस स्टप लाइन ९त्रिपरेश्वर०, वडा नं। २८ र ११ जोडिएको भृकुटीमण्डप, वडा नं। १ दरबार मार्ग सफाइ गरिसकिएको छ । वडा नं। १४ को कुलेश्वर बल्खु क्षेत्र, वडा नं। १३ को सोल्टीमोडदेखि कालीमाटी पुलसम्म सफाइ भइसकेको छ । वडा नं। १४ को कलंकी चोकदेखि नयाँ बसपार्कतर्फको सडक खण्डमा बुधबार काम भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्