२३ जेठ २०८३, शनिबार

४० देशमा फैलियो कोरोनाको नयाँ सब–भेरियन्ट जेएन-१

पुस ५, २०८०
काठमाडौं
४० देशमा फैलियो कोरोनाको नयाँ सब–भेरियन्ट जेएन-१

भारतको दक्षिणी राज्य केरलामा कोरोना भाइरसको नयाँ नयाँ उप–प्रजाति फेला परेको छ । जुन भेरियन्टको नाम जेएन-१ (JN-1) राखिएको छ ।

यो भेरियन्टलाई 'अत्यधिक संक्रामक' मानिएको छ । यो धेरै घातक नभए पनि धेरै छिटो फैलिन्छ । डिसेम्बर पहिलो साता अमेरिकाले यसलाई जेएन-१ को रूपमा पुष्टि गरेको थियो ।

यो भाइरस हाल भारतसहित विश्वका ४० देशमा फेलिसकेको छ । भारतसहित फ्रान्स, अमेरिका, क्यानडा, बेलायत, स्वीडेन, सिंगापुर, चीन, बेल्जियमलगायत ४० देशमा यो सब–भेरियन्ट देखिएको छ । 

भारतीय सञ्चार माध्यमहरूका अनुसार १०० पोजिटिभ केसमध्ये ५० प्रतिशतमा कुनै लक्षण देखापर्दैन । भारतमा हाल संक्रमण भएकाहरूमा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्नेजस्ता लक्षण नै देखिएको चिकित्सकहरूले बताएका छन् । यस्ता लक्षण ४ देखि ५ दिन देखिने गरेको छ ।

वृद्धवृद्धा र अन्य रोगबाट पीडित व्यक्तिहरूलाई यसले बढी असर गर्ने चिकित्सकहरू बताउँछन् । केरलामा यो भाइरसको संक्रमण देखिएका चार जनाको ज्यान गइसकेको छ । तिनीहरूमध्ये एक मात्र ६५ वर्षभन्दा कम उमेरका छन्। बाँकी धेरै वृद्ध थिए र तिनीहरू प्रत्येकलाई कुनै न कुनै रोग थियो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हाल देखिएको जेएन.१ लाई यसअघि देखिएको ओमिक्रोनको उप–प्रजाति बीए २.८६ कै समूहको सब–भेरियन्ट भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतलगायत देशमा तीव्र रूपमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन–१ लाई ‘भेरिएन्ट अफ इन्टरेस्ट’को दर्जा दिएको छ । डब्ल्यूएचओका अनुसार संक्रमण द्रुत गतिमा फैलिने तथा निकै सचेत हुनुपर्ने भेरिएन्टलाई उक्त दर्जा दिइन्छ। 

सामाजिक सञ्जाल एक्समा डब्ल्यूएचओले चेतावनी दिँदै लेखेको छ, ‘यो भेरिएन्ट विशेषगरी जाडो महिना लागेका देशमा फैलिने अनुमान छ।’ यता सरकारले भने भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्