
सरकारले सञ्चारसम्बन्धी दुई विधेयकका विषयमा सर्वसाधारणसँग सुझाव मागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै राष्ट्रिय आमसञ्चार सम्बन्धी विधेयक र नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनको विधेयकका विषयमा सुझाव मागेको हो ।
मन्त्रालयलयले विज्ञ समेतको संलग्नतामा तयार गरिएका दुवै विधेयकको मस्यौदा अध्ययन गरी १५ दिनभित्र [email protected] मार्फत् सुझाव उपलब्ध गराई दिन अनुरोध गरेको छ ।
मन्त्रालयले राष्ट्रिय आमसञ्चार र नेपाल मिडिया काउन्सिलसम्बन्धी कानून ल्याउन विभिन्न सरोकारवालासँग परामर्श गरिरहेको छ ।
यस्ता छन् विधेयकका मस्यौदा
राष्ट्रिय आमसञ्चार सम्बन्धी विधेयक
नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनको विधेयक