
स्रोता–दर्शकहरुले निकै रुचाएको गीत ‘फूलबुट्टे सारी’को फिमेल भर्सनलाई युट्युबमा १० करोड पटक हेरिएको छ ।
अभिनेता पल शाह र अभिनेत्री मलिका महतको अभिनय रहेको यो गीतको भिडियोले युट्युबमा एक सय मिलियन भ्युज पाएको हो ।
राजनराज शिवाकोटीको शब्द एवं संगीत, मिलन नेवारको स्वर रहेको गीत ३ वर्षअघि युट्युबमा सार्वजनिक गरिएको थियो । गीतलाई सञ्जिव बराइलीले एरेन्ज गरेका थिए ।
केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको भिडियोमा राजेश पुमा राईको निर्देशन छ ।
गीतले युट्युबमा १० करोड भ्युज पाएसँगै गीतकार एवं संगीतकार राजनराज, अभिनेता पल शाह लगायतले खुशी व्यक्त गर्दै स्रोता दर्शकमा धन्यवाद दिएका छन् । यो गीत अनेक भर्सनमा सार्वजनिक छ ।
यु्ट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली गीत भने ‘कुटुमा कुटु’ हो । स्वस्तिमा खड्काको नृत्य रहेको यो गीतको भ्युज २० करोड नजिक पुगिसकेको छ ।