२२ जेठ २०८३, शुक्रबार

१० करोड पटक हेरियो ‘फूलबुट्टे सारी सपक्क पारी...’

पुस ५, २०८०
काठमाडौं
१० करोड पटक हेरियो ‘फूलबुट्टे सारी सपक्क पारी...’

स्रोता–दर्शकहरुले निकै रुचाएको गीत ‘फूलबुट्टे सारी’को फिमेल भर्सनलाई युट्युबमा १० करोड पटक हेरिएको छ । 

अभिनेता पल शाह र अभिनेत्री मलिका महतको अभिनय रहेको यो गीतको भिडियोले युट्युबमा एक सय मिलियन भ्युज पाएको हो । 

राजनराज शिवाकोटीको शब्द एवं संगीत, मिलन नेवारको स्वर रहेको गीत ३ वर्षअघि युट्युबमा सार्वजनिक गरिएको थियो । गीतलाई सञ्जिव बराइलीले एरेन्ज गरेका थिए ।

केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको भिडियोमा राजेश पुमा राईको निर्देशन छ । 

गीतले युट्युबमा १० करोड भ्युज पाएसँगै गीतकार एवं संगीतकार राजनराज, अभिनेता पल शाह लगायतले खुशी व्यक्त गर्दै स्रोता दर्शकमा धन्यवाद दिएका छन् । यो गीत अनेक भर्सनमा सार्वजनिक छ । ​​

यु्ट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली गीत भने ‘कुटुमा कुटु’ हो । स्वस्तिमा खड्काको नृत्य रहेको यो गीतको भ्युज २० करोड नजिक पुगिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्