१५ असार २०८३, सोमबार

राष्ट्रियसभा निर्वाचनका लागि ७ मतदान स्थल र १४ मतदान केन्द्र निर्धारण

पुस ५, २०८०
काठमाडौं
राष्ट्रियसभा निर्वाचनका लागि ७ मतदान स्थल र १४ मतदान केन्द्र निर्धारण
फाइल फोटो

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरेको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले आज प्रत्येक प्रदेशमा १/१ वटा मतदान स्थल र सोही मतदान स्थलमा २/२ वटा मतदान केन्द्र निर्धारण गरेको हो ।

जसअनुसार राष्ट्रियसभा निर्वाचनका लागि ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर - मोरङ, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम - धनुषा, बागमती प्रदेशका लागि भुटनदेवी मावि प्राविधिक शिक्षालय, ब्लक  प्राविधिक भवन, हेटौंडा - मकवानपुर मतदान स्थल तोकिएको छ ।

यस्तै, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा - कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही - दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय - सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढी - कैलालीलाई मतदान स्थल तोकिएको आयोगले जनाएको छ ।

तोकिएका मतदान स्थलमा प्रदेशसभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन् ।

मतदान केन्द्रको विवरण आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्