११ असार २०८३, बिहीबार

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता

पुस ५, २०८०
काठमाडौं
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता
फाइल फोटो

भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला चित्त नबुझी बिहीवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगले मालपोत कार्यालय सिमराका प्रमुख (नायब सुब्बा) मदनप्रसाद गुप्ता, लेखापाल युगलकिशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउतविरुद्ध ४ करोड ५८ लाख ७१ हजार २० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

तर विशेषले उक्त मुद्दामा दाबी नपुग्ने भन्दै उनीहरूलाई सफाइ दिएको थियो ।

विशेषको सो फैसला चित्त नबुझी बिहीवार सर्वाेच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

मालपोतका प्रमुख गुप्ता, लेखापाल ठाकुर र नायब सुब्बा राउतले आर्थिक वर्ष २०७५/०७६ को फागुनमा संकलित रकम कार्यालयको खातामा दाखिला नगरी हिनामिना गरेको आयोगको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्